Friday 13 February 2015

हरि पौडेल जी को प्रश्न लक्ष्मी तामाङ्ग जी को उतर: जातीय वर्गीकरण र धर्म

आज विहानै मेरो फेसबुक ईनबक्समा हरि पौडेल ज्युले निम्न अनुसारको प्रश्न गर्नु भएको रहेछन र मैले उनको प्रतिउतर फेसबुकमा खुल्ला रुपमा उत्तर दिंदा उपयुक्त ठानेर सोहि अनुसार दिए किन कि सबैको मनमा जिज्ञासा त्यस्तो हुन् सक्छ मेरो आफ्नो लेख प्रति जुन म सत्य, तथ्य र यथार्थको आधारमा लेख्ने गर्छु मानवताको लागि अनि प्राय भ्रमबादमा जिउदै आएकाहरुलाई अपच्य हुन् पनि सक्छ अज्ञानताले गर्दा |
हरि जिको प्रश्न:
Laxmi Tamang ji...
K all Janajati lae jasari eutae suchi ma rakera aakada thulo dekhi..testae garera all hindu ko aakada rakda k hola? k all Janajati ko rahansahan...problem..eutae xa....Janajati madhme ma pani Tamang ko culture....rai ko culture....Magar ko culture etc ma kati difference hola?
Yadi tesari Bahun Chhetri lae ek thuma rakne vaye..terai ka Bahun n Chhetri pani tehi aakadama sametinu parenara...terai ma pani ta Bahun Chhetri considerable amount mai xaan ni hoenara?
Ajhae religion wise jane ho vane ta dali...madhesi ta derae jaso sayaad hindu holan....Magar ...Newar pani ta Hindu nae hun? kasto unclear type ko presentation...Janajati ma pani culture religion etc different vayeka ko kati xaan 6utaunu paroni pahila...hoenara?
shaybha ra sista bhasa ma mero jigyasa metaedinu vayo vane ma tapae parti aabhari hune thiye....?
मेरा प्यारा मित्र हरि जी तपाईको प्रश्नको लागि धेरै धेरै धन्यबाद सत्य, तथ्य र यथार्थ बुझ्न चाहनु भएकोमा |
सर्व प्रथम तपाईले बुझ्नु पर्ने मैले जे जति प्रमाण, जानकारी र तथ्यांक, आदि सेर गर्छु त्यो मैले मनगंते रुपमा निर्माण गरेको, तयार पारेको वा उत्पादन गरेको होइन | त्यो त हाम्रै देशका विद्वान बुद्धिजीवी अधिकारिक व्यक्तित्वहरुले नेपाल सरकारको लागि तयार परि दिनु भएको हो मैले मात्र अध्धयन गरेर जानकारीको लागि सेर गरेको हु | त्यसैले तपाईको आवाज त्यस्तो आधिकारिक व्यक्तित्वहरुसंग पुगोस भनेर मैले तपाईको जिज्ञासा र सुझाव यहाँ पुब्लिक स्पेसमा सेर गरेको छु | आसा छ तपाईको आफ्नो धारणा बारेमा उनीहरुले मनन गर्ने छन् मानवताको लागि |
अर्को कुरा तपाई ले बुझ्नु पर्ने यो तामाङ्ग र मगर लगायत सम्पूर्ण हामी जनजाती भन्नेहरु एक पृथक जाति हो विश्व भरिनै त्यसैले त उनीहरुको आ-आफ्नै मौलिकता छ आम धार्मिक सम्प्रदायहरुको भन्दा जस्तै हिन्दु, मुस्लिम, ईसाई, आदि जसको संस्कार, संस्कृति, परम्परा, कर्मकाण्ड सबै आ-आफ्नो धर्मले निर्देशित र नियन्त्रित भएको हुन्छ | जनजाती भन्नेको कुनै त्यस्तो संगठित धर्म छैन मात्र उनीहरुलाई पछि उनीहरुको भूमिमा बाहिरबाट आएका शासक शोषक जो बने उनीहरुले लादेर हिन्दु, मुस्लिम, ईसाई, आदि बनाई दिएको हो | नत्र उनीहरुको आफ्नो मौलिक धर्म, संस्कार, संस्कृति, र परम्परा भनेको प्रकृति र पितृ पुजक हुन् र सोहि अनुसार उनीहरुको रहन सहन गर्दै आएका जाति हुन् यो जनजाती भन्नेहरु विश्व भरि नै यस्तै छ उनीहरुको आफ्नो संस्कार, संस्कृति, परमपरा र धर्म |
यदि तपाईले प्रो. डोर बहादुर विष्टको "भाग्यबाद र विकास आधुनिक नेपाल निर्माणको लागि संघर्ष" भन्ने पुस्तक जुन प्रकासित गरेका थिए सन् १९९० मा सो अध्धयन गर्नु भयो भने बुझ्नु हुन्छ कि यो छेत्री भन्ने जात पहिले थिएन मात्र खस भन्ने थियो सुदुर र मध्यम पश्चिम नेपालमा जसको आफ्नै पृथक मौलिकता थियो १४ औ शताब्दी ताका र उनीहरुलाई जनजाती नै भन्थे उनीहरु मोस्टो र बुद्ध धर्म मान्ने गर्थे | तर पछि पी.एन. शाहले एकीकरण गरेपछि उनीहरुलाई हिन्दुवाद बनाएको मनुबादको सिद्धान्त अनुसार भनेर प्रष्ट उल्लेख गर्नु भएको छ सप्रमाण | सोहि भएको हो नेवार र मगर जातिमा पनि भन्ने कुरा समेत उल्लेख गर्नु भएको छ उहाँको पुस्तकमा |
नेपालको पहिलो कानून "मानव न्याय शास्त्र" जुन तयार गरेका थिए १४ औ शब्ताब्दिमा हिन्दुस्तानको ५ जना ब्राह्मणहरुको सहयोगमा राजा जय स्थिति मल्लको पालामा तथा दोस्रो कानून "मुलुकी ऐन" जुन तयार परेका थिए सन् १८५४ मा मनुबाद नीति अनुसार त्यसले नै हो नेपालको आम जन समुदायहरुलाई सानो ठुलो, छुत अछुत, मतवाली, मासिने, आदिको आधारमा ५ जातजातिमा विभाजन गरेको थियो | सो मनुबादको पुस्तकमा बाहुन र क्षत्रीय सम्बन्ध कस्तो हुन्छ भनेर यसरी उल्लेख गरेका छन्,
"दश वर्षको ब्राह्मण र सय वर्षको क्षत्रीय यी दुईलाई पिता-पुत्र सम्झिनु पर्छ, दुई जनामा ब्राह्मण चाही पिता समान हो |"
- मनुस्मृति २/१३५
त्यसैले तपाईको जुन जिज्ञासा र सुझाव छ त्यो मेरो आफ्नो आधिकारिक क्षेत्र भन्दा बाहिरको हो |
यदि मगर र नेवारहरु आफुलाई जनजाती भन्ने गर्छन भने उनीहरु धार्मिक हिसाबले गैर हिन्दु हुन भनेर उल्लेख गरेका छन् जनजाती महासंघको आफ्नो आधिकारिक वेबपेजमा समेत एक पटक पद्नु होस | 
तर उनीहरु मात्र नभएर हामी सबै हिन्दु हुन सक्छौ, हिन्दु शब्दको उत्पतिको हिसाबले जुन दिएको थियो ९ औ शताब्दीमा मुस्लिमहरुले जो हिन्दुकुस क्षेत्र पारि बस्ने मानिसहरु सबै नै हिन्दु हुन् भनेर | त्यस कारण पनि हिन्दुस्तानमा रहने सम्पूर्ण मानिसहरु आफुलाई हिन्दु भन्ने गर्छन भनेर हिन्दुस्तानको हिन्दुवादीहरुको संस्था राष्ट्र स्वयं सेवकको अध्यक्ष मोहन भगत जी ले भन्नु भएको छ नि हौ |
आशा छ मैले यहाँको सम्पूर्ण जिज्ञासाको उतर दिए होला भनेर |
धन्यवाद |
लक्ष्मी तामांग

No comments:

Post a Comment