Saturday 3 January 2015

व्यक्तित्व विकारको पहिचान गर्ने संकेत!!

आफ्नो सुरक्षाको लागि आफै सचेत हौ अरुलाई दोष दिने काम नगरौ बारुलाले चिल्यो, परजीवीहरु जस्तै उपिया /उडुसले टोक्यो, भालु कुकुरले टोक्यो, सिस्नुले पोल्यो भन्दा आफ्नै अज्ञानताले गर्दा |

सोसिओप्याथ (व्यक्तित्व विकारको संकेत देखिने जस्तै असामाजिक मनोवृत्ति र व्यवहार वा विवेकको कमी) भन्ने मानसिक अस्वस्थ मानिसहरु जुन सुकै समुदायको जम्मा जनसंख्याको ४% मा पुरुषहरु पिडित हुन्छ भने १% महिलाहरु पिडित हुन्छ | उनीहरु प्राय जसो ठुलो ठुलो पदमा रहने गर्ने, तिक्षण बुद्धि भएका हुन्छ | प्राय जसो उनीहरु हुल/ समूहको नेतृत्व गर्ने कम्पनीको सी.ई. ओ., धार्मिक गुरु, बाबा, प्रोफेट आदि हुने गर्छन पी.के. फिल्मको धार्मिक बाबा जस्तै हेर्नुमा गुड लुकिंग /हेन्डसम पनि |

उनीहरुको प्रमुख १० संकेतहरु यस प्रकार छन्:

१. हेर्नुमा आकर्षक हुन्छ

२. बढी सहज र अन्य मानिसहरू भन्दा तीव्र अव्यवहारिक र तर्कहीन व्यवहारको एकदम जोखिम मोल्ने

३. लाज, दोषी वा पछुतो महसूस गर्न असक्षम हुन्छ

४. अपमानजनक झूट अतिनै बदी सृजना गर्ने, भ्रम फैलाउने र आफ्नो अनुभव बारे आविष्कार गर्ने गर्छन

५. अरूलाई दवाउन प्रवृति हावी भएको र कुनै पनि हालत/ लागतमा आफ्नो जित हुनु नै पर्ने हुन्छ

६. अत्यधिक बौद्धिक क्षमता भएका हुन्छ | त्यसैले गर्दा पनि अझ मानवताको लागि जोखिम पूर्ण हुन्छ किन कि उनीहरुले आफ्नो बौद्धिकताको दुरू प्रयोग गर्ने गर्छन | प्राय जसो सिरेल किलेर (लगातार मान्छे मार्ने) हरु सोसिओप्याथबाट पिडित हुन्छ |

७. प्रेम गर्न असक्षम अतिनै स्वार्थी हुन्छ |

८. उनीहरु कवितात्मक शैलीमा कुरा गर्ने, कथा वा कवितावाचक जस्तै धाराबाही रुपमा कुरा गर्न निपुण हुन्छन |

९. उनीहरुले कहिल्यै माफी माग्दैन, माफ माग्न असक्षम हुन्छ र आत्मगालिनी महसुस गर्दैन | उल्टै आक्रामक शैलीमा प्रस्तुत भई आक्रमण गर्ने गर्छन |

१०. भ्रमयुक्त हुन्छन र उनीहरूले के भन्छन् त्यो नै सत्य हो भन्ने विश्वास गर्छन |

स्रोत सामाग्री
http://www.naturalnews.com/036112_sociopaths_cults_influence.html

1 comment: