Saturday 10 January 2015

मनुबाद, पुरुषत्वबाद र आमाको नाममा नागरिकता

"बालक होस्, युवा होस् अथवा बृद्ध नै होस्, स्त्रीहरुले घरको कुनै काम पनि स्वतन्त्रतापुर्वक गर्नु हुदैन |" - मनुस्मृति ५/१४७
"बालकालमा पिताको, युवा अवस्थामा पतिको र पतिको जीवनपछि छोराको अधिनमा स्त्रीले जीवन निर्वाह गर्नु पर्छ |"
- मनुस्मृति ५/१४८

आमा विरोधी जसलाई महिला विरोधी पनि भन्ने गर्छन उनीहरुको खोपडीमा स्त्रीत्व शक्तिको भुत पसेको छ अतिनै मनुबादी भएर किन कि
मनुबादमा भनेको छ महिलाई कहिल्यै स्वतन्त्रता नदिनु भनेर अनि यो नागरिकता भन्ने महिलाको एक स्वन्त्रता पाउने हक अधिकार हो जसबाट उनको आफ्नो सन्तानहरुको नाम पहिचानको रुपमा जोडिने हुन्छ | त्यसैले नागरिकता आमाको नाममा उनको सन्तानलाई नदिनु भनेको महिलाको पहिचान नहोस हाम्रै मात्र होस् भन्ने अति मनुबादी पुरुषत्वबादी मानसिकता हो जो कोहि आमाको नाममा नागरिकता दिन नचाहने विभिन्न बखेडा जिकेर | त्यसैले सम्पूर्ण स्त्रीत्व /महिलात्व /नारीत्वबादी नेपाल आमाको सन्तानहरु एक हुनु पर्छ नेपाली आमाहरुको पहिचान यस विश्वमा कायम राख्न |
कुनै पनि सच्चा मानव आमा /महिला विरोधी हुनै सक्दैन किन कि उनीहरुको सबै आमा र स्वास्नी छन् जो विना यस धर्तीमा जन्मिन र बच्न सक्दैन जति सुकै मै हु भने अतिबादी पुरुषत्व हावी भएका वीर बहादुर विद्वान बुद्धिजीवी भएता पनि |
आमाको नाममा नागरिकता दिनु हुन्न भन्नेहरु सबै नारी विरोधी हुन् | उनीहरु आफ्नै आमा, श्रीमती, छोरी चेलीका विरोधी हुन् | त्यति चाही हेक्का राखे हुन्छ ति अतिबादी लैंगिकबादी पुरुषत्वबादी, मनुबादी र दानवीयबादी को को हुन् भनेर | मलाई चाही उनीहरुको नाम चाहियो हौ | को हुन् त्यस्ता हाम्रा कुपुत्रहरु जो विरोद्धमा उभिएका छन् आमाको हकहितको विरोद्धमा अहिले र पहिले पनि |
शितल दाहाल ज्युले आफ्नो लेख " मेरो नाम आमासँग जोड्न चाहन्छु !" मा लेख्नु भएको रहेछ (१): 
"मर्नुअघि आमाले भने जस्तै मेरा केही इच्छा पूरा गर्नु थियो, किनभने अब म साँच्चै मर्नेवाला थिएँ। मैले त्यतिबेला नै भागवत गीता र कोमल गीता पढिसकेँ। अरु केही राम्रा किताब पनि पढेँ। मर्नुअघि म राम्रा भनिएका काम पनि गर्न चाहन्थेँ। मर्नुअघि मेरा केही साथीहरुलाई पनि भेटेँ।"
उनको लेख पढे पछि सुर्य नेपाल ज्युले आफ्नो फेसबुकमा अतिनै मार्मिकसंगले लेख्नु भएको रहेछ (२):
"म २ बर्षकाे हुदा मेराे बुवा काे स्वर्ग बास भयाे । मलाइ अामाले हुर्काउनु भयाे । हजुर अामाले, माइजूले पालन पाेषण गर्नु भयाे । सारदा दीदीले पढाउनु भयाे । संगै काका, दाज्यू, मामा, भिनाज्यूहरूकाे पनि माया र सहयाेग पाए ।
अहिले श्रीमतिले कमाएर घर चलाउनु भएकाे छ ।
तर मैले नागरिकता बनाउदा अामाकाे नाम नै लेखीएन । बुबाकाे नाम मात्र लेखीएकाे छ । अब मेरा छाेरी, छाेराकाे नागरिकता बनाउदा मेरी श्रीमतिकाे नामबाट नभै मेराे नाम बाट मात्रै किन बनाउने ? मेरी छाेरीकाे नागरिकता बनाउदा उनकि अामाकाे नामबाट नभै अामाकाे नाम मात्र उल्लेख गरि मेराे नामबाट मात्र बनाइयाे । अब छाेराकाे नागरिकता बनाउदा उनले अामाकाे नामबाट नेपालकाे नागरिकता पाउन । छाेराकाे पनि यहि चाहना छ । म चाहन्छु याे देश अब मातृ सतात्मक हाेस । सबैका छाेरी, छाेराले उनिहरूकाे इच्छा अनुरूप बाबु ,अामा दुबैकाे समान पहिचानका अाधारमा याे देशकाे नागरिकता पाउन ।"
अति मनुबादी पुरुषत्वबादी राज्य सरकारको आदेश यस्तो रहेछ म त चित परे यो सुबनी बादी समुदायको नागरिकताको बारेमा लेखिएको लेख कृष्ण अधिकारीको पढदा यस्तो (३),

"बादी समुदायका अरूले यस्तो समस्या भोग्नु नपरोस् भनेर सुबनीले नागरिकताको प्रमाणपत्रमा लेख्ने गरिएको पितृत्वको ठेगान नलागेको भन्ने विवरण हटाउन कानुनी लडाइँ सुरु गरेकी छिन् । नेपालको अन्तरिम संविधान र प्रचलित कानुनी व्यवस्था तथा मानवअधिकारका दृष्टिले पनि नागरिकतामा उल्लेख भएको विवरण नागरिकता पाउने व्यक्तिको मान–सम्मानमा चोट पुग्ने विवरण उल्लेख गर्न नमिल्ने पुनरावेदन बार एसोसिएसनका पूर्वअध्यक्ष अधिवक्ता लोकबहादुर शाहले बताए ।  सुबनीको जस्तै नागरिकतामा उल्लेख पितृत्वको ठेगान नलागेको भन्ने विवरण हटाउन कानुनी लडाइँ लड्न चाहनेहरूका लागि आफूले निःशुल्क कानुनी सहयोग गर्ने अधिवक्ता शाहले बताए ।  
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीका अनुसार सुबनीले भोगेजस्तो समस्या हटाउन गृह मन्त्रालयले ०६९ माघमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको थियो । त्यसमा भनिएको थियो– पितृत्वको ठेगान नलागेका सन्तानलाई पछि पितृत्व ठेगान लागेको बखत सोहीबमोजिम हुने गरी संरक्षकको सनाखतबाट नियमानुसार नागरिकता जारी गर्ने । यसरी नागरिकता जारी गर्दा कार्यालयको अभिलेखमा मात्र अभिलेखीकरण गरी नागरिकताको बाबुको महलमा कुनै उल्लेख नगरी खाली राखेर दिने ।"

स्रोत सामाग्रीहरु
१. शितल दाहाल " मेरो नाम आमासँग जोड्न चाहन्छु !" http://www.pahilopost.com/content/-1796.html#.VLDpQiuUeuI
२. सुर्य नेपालको फेसबुक लिंक https://www.facebook.com/photo.php?fbid=871738362846288&set=a.174533142566817.34953.100000303982533&type=1
३. "प्रमाणपत्रको व्यहोराले हैरान पार्‍याे" http://sancharikaonline.com/node/1469

No comments:

Post a Comment