Wednesday, 6 November 2013

मनुस्मृतिको प्रभाव नेपाली समाज र राज्य व्यवस्थापनमा |

कस्तो अचम्म मानिस हरु पनि यो संसारमा आज बिहानै फेसबुकमा बिनोद प्रसाद न्यौपाने भाईले यो मनुस्मृतिको श्लोक पोस्ट गरेको रहेछ |
 
 
 
 
 त्यसैले  मनुस्मृतिको बारेमा केहि जानकारी भएको केहि भन्न मन लग्यो |
 
प्राचिन इन्डियाको मनु महाराजा ब्राह्मण ऋषिद्वारा लिखित सामाजिक नीति नियम मनुस्मृति पददा बुझ्दा कि चाही उहा स्वयं भ्रस्ट सोच विचारको भाईरस दिमागमा पसेको र बसेको बेलामा लेखेको हुनु पर्छ कि चाही उहाको अनुयायीहरुले उहाको लेख तोडमोड गरेको हुनु प...र्छ | किन कि उहाको लेख मनुस्मृति पददा सामान्य मानिस जसको टाउको भित्र गिद्धि छ सजिलैसंग अनुमान लगाउन सक्छन कि त्यो सामान्य असल सोच विचार भएको मानवले लेखेको होइन भनेर |

उहाको लेख पढेपछि सजिलै अनुमान लगाउन सक्छ कि विगत हजारौ वर्षदेखि नेपाल र इन्डियामा भएको जातीय र लिङ्ग विभेद उहाको लेखबाट निर्देशित र संचालित छ भन्ने कुरा | एक दुईवटा उहाको लेखबाट श्लोक उल्लेख /प्रस्तुत गरेर तर्क गर्नु भनेको आफैमा एक हास्यास्पद कु-तर्क हो भन्ने लाग्छ | किन कि उहाको लेख पददा एकदम विवास्पद र हास्यास्पद छ | कतै के भनेको कति के भनेको छ आफैमा बाजिने कुरा र कु र मनगन्ते तर्कहरु छ |

यो २१ औ सब्तादी सूचना र संचारको बैज्ञानिक युगमा मानव र समाज विकासको लागि कुनै पनि काल्पनिक र तथहिन कुरा, सोच, विचार र ज्ञानको कुनै मान्यता रहदैन यदी हामी सबै मानव र जगतको भलो चाहन्छौ भने |

राम प्रसाद ज्ञवाली, साहित्यकार तथा समालोचक, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

"मनुस्मृतिमा हिन्दु धर्मावलम्बीहरुको चर्चित दार्सनिक ग्रन्थ हो | जीवन र जगत तथा हिन्दु धर्म सस्कृति र जीवन पद्धति का बारेमा धारणा प्रस्तुति गर्ने यो ग्रन्थ वर्णाश्रम धर्म सम्बन्धि हिन्दु सामंताबाद्को प्रतिनिधित्व गर्ने शास्त्र पनि हो | मानिसमानिस बिचमा जातिभेद, वर्णाभेद, लिङ्गभेद, छुवाछुत लगायतका भेदभाव र वैमनस्य बढाउनमा यस ग्रन्थको ठूलो भूमिका रहेको छ |

हिन्दु समाज आपसमा विभाजित समाज हो | यस समाजमा शुद्र र स्त्रीहरु अचाक्ली हेपिएका छन् | यिनीहरु माथि तथाकथित कुलीन जात, वर्ग र पुरुषस्ताको चरम अत्याचर रहेको छ | यिनीहरुलाई उच्च जात र सत्ताधारी पुरुष वर्गले पसुवत व्यहार गर्ने गरको छ | धर्मको नाममा, भाग्यबादको आडमा र अन्ध संस्कृति को पासोमा परेर यिनीहरुलाई हुनसम्म सताईएको छ | यिनीहरु छोइछिटो, दासतवको विभिन्न घातक प्रहारका सिकार भएका छन् | ससाना निहुमा यिनिहरुमाथी समाजमा तिरस्कार, बहिस्कारदेखी प्रताडना र हत्या सम्मको अत्याचार गरिछ | यसो हुनुमा हिन्दु धर्म शास्त्र मनुस्मृतिको ठूलो भूमिका रहेको छ |

धर्म सस्कृति एव जीवन दर्सनका बारेमा जिज्ञासा राख्ने पाठकहरुका निम्ति फेरि एउटा काम लाग्दॊ ग्रन्थ आएको छ -"मनुस्मृतिमा शुद्र र स्त्री" |"

त्यसै गरि तिलक प्रशाद लुइँटेल, मनुस्मृतिका नेपाली अनुबाद्क विद्वान, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

"मनुस्मृति प्राचिन समाजको बिधीविधन निर्माण र लागु गर्ने ग्रन्थ हो |. आज पनि हाम्रा सामाजिक व्यहारमा त्यसका नियमहरु सक्रिय रहेका छन् | विविध कारणले समाजका मूल्यमान्यता परिबर्तन हुन्छन | आज मनुस्मृतिमा उल्लेख भएका नियम उहिलेकै जस्तो रुपमा समाजले धान्न सकिरहेको छैन, यो परिवर्तनको प्रमाण हो | परिवर्तित समाजले पार गरेका आरोहअवरोह व्याग्मयमै हेर्न सकिनछ | समयको विभिन्न चरणमा समाजले पार गरेका सामाजिक व्यहारतर्फ फर्केर हेर्नुले प्रगतिमा बाधा हाल्दैन र सुधारको मार्ग खुलाउछ, तर त्यसमा पूवाग्रह राख्नु भने किमार्थ हुदैन | कुनै पनि संघसंस्था थालानिमै सुव्यवस्थित हुदैन | समाज पनि त्यस्तै हो | त्यसमा समयानुकुल परिवर्तन ल्याएर सारवकालिक न्याय र संगति खोजि गर्ने दायित्व मानिसको हो | त्यस काम यस्तै उत्साही जनमानसको योगदान हुन्छ | यसलाई युगको माग प्रति सचेत भएको भन्न सकिन्छ | जातीय र लैगिग़ आधारमा मनुस्मृतिले धेरै विकृति र अन्यायको पक्ष लिएको छ भन्ने आजका विद्वानहरुको तर्क छ र व्यावहारिक बनेर हेर्दा त्यसलाई स्विकार्नु पनि पर्दछ | यो नै समयको माग हो |"

डा. कृष्ण बहादुर राना मगर, जियोटेक्निकल इन्जिनियर, "मनुस्मृतिमा शुद्र र स्त्री-२०६५" भन्ने पुस्तकमा लेख्नु हुन्छ:

“हाम्रा प्राचिन कालका आदरणीय ऋषिमुनिहरू महान एवं उदार हृदयका थिए | उनीहरुले जातिपाती, छुवाछुत र नारी पुरुषमा कहिल्यै भेदभाव गरेनन | त्यो युग अवश्य पनि अतिशय उदार हुनु पर्छ | त्यतिखेर स्वभाव र पेशा अलग भए पनि कसैलाई अशुद्ध मनिन्दैन्थ्यो | मध्ययुगतिर आएर ऋषिमुनिहरुका महान सोच र विचारहरु ओझेलमा परे | सामन्ती विचारधाराका व्यक्तिहरुको उदय भयो | ऋषिमुनिका पुस्तकहरुलाई तोडमोड गर्दै तत्कालिन पण्डित, पुरोहितहरुले आफ्नो स्वार्थ अनुकुलको कर्मकाण्ड रच्न थाले | जातिपाती, छुवाछुत र नारी-पुरुष बीच अति ठूलो भेदभाव हुन् थाल्यो | मनुस्मृति यसै बेलाको चरम सामाजिक अवस्थाको विश्लेषण हो | मनुमहाराज ब्राह्मण थिए | मनुस्मृतिमा उनले ब्राह्मण मुखबाट जन्मेको, पृथ्वीमा सबै भन्दा श्रेष्ठ, सबैको मालिक र संसारमा जति सम्पति छन् ती सबै ब्राह्मणकै हुन् भनेका छन् | शुद्र र नारीलाई मानवको स्तरमा राखेकै छैनन | उनीहरुप्रति मनुको अत्याचार, शोषण, दमन, थिचोमिचो र हेपाहा प्रवृतिको कुनै सिमा छैन |

मनुले शुद्रलाई खुट्टाबाट उत्पन्न भएको, छुन नहुने र गुदीबिनाको अन्न, जुठो खाने कुरो, थोत्रो लुगा, भाँडाको रुपमा फुटेका खबटा दिनु पर्छ भनेका छन् | शुद्रलाई वेद पद्न रोक लगाइएको छ भने मदिरा पिउने स्वीकृति छ | यज्ञ गर्न अधिकार छैन | तर शुद्रसंग भएको सम्पति यज्ञका लागि लुटेर र चोरेर ल्याउन हुन्छ भनेका छन् | शुद्रले ब्राह्मण कन्यासंग मैथुन गरेमा सुकेका पातपतिङ्गरले आगो दन्काएर जिउदै डदाउनु पर्ने, ब्राह्मणलाई कटु वचन बोलेमा प्राणदण्ड दिनु पर्ने, राजा र ब्राह्मणप्रति घमण्ड गरेर थुकेमा दुवै ओठ, लिङ्ग र मल्द्वार काट्नु पर्ने आफन्त स्वर्गीय हुदा जुठो बार्न भने तीन गुना (३० दिन) हुनु पर्ने, शारीरिक काममा मात्र जोताउनु पर्ने र शुद्रले धन जम्मा गर्न नहुने, किन भने यसले ब्राह्मणलाई बाधा पार्छ इत्यादि लेखेका छन् |

यसै गरी स्त्रीहरुको बुद्धि नहुने, पति सेवा र घरको कामकाज नै नित्य हवनपूजा मान्नु पर्ने, मन्त्रले दीक्षा दिन नहुने, पुरुषलाई दुषित पर्ने र कुमार्गमा लैजाने स्वभावका हुन्छन, पुत्रहीन स्त्रीका हातको खाना खान नहुने, घरको कुनै काम पनि स्वतन्त्रतापूर्वक गर्न नहुने, कहिल्यै साक्षी राख्न नहुने र पति मरे पछि कन्दमूल खाएर शरीर सुकाउनु पर्ने इत्यादि सामाजिक नियम बनाएका थिए | बालक कालमा पिताको, युवावस्थामा पतिको र पतिपछि छोराको अधिनमा रहनु पर्ने, सम्पतिको अधिकार दिन नहुने र विषयमा आसक्त रहेका अवस्थामा पनि स्त्रीहरुलाई नियन्त्रणमा राख्नै पर्ने र पुरुषले स्त्रीलाई राति वा दिउसो कहिल्यै स्वतन्त्रता दिन नहुने बताएका छन् | स्त्रीहरुमा यति धेरै अत्याचार र दमनको सामाजिक नियम बनाएपछि सन्तानको जन्म दिने, घरको शोभा बढाउने जस्ता पुकारले पूजनीय हुन्छन, जहाँ नारी पुजिन्छन, त्यहाँ देउता रमाउन्छन र अविवाहितलाई केहि अंश दिनुपर्ने जस्तो तर्क राखेर मनु तिम्रो एउतै काम बगलीमा छुरा मुखमा राम भने उखानलाई व्यवहारमा उतारेका छन् | यस प्रकार समाजमा चरम जातीय एवं लिंगीय विभेद खडा गरी मानिस बीच फाटो, कलह र विद्रोह निम्तियाएर मनुले समाज भडुवा एवं समाज ध्वस्त पर्ने नाइकेको रुपमा आफूलाई मनुस्मृति लेखी सर्वाङ्ग रुपमा नङ्ग्याएका छन् |" अरुलाई दोष नदिनुहोस | ब्रिटिश इन्डियामा आउनु अघि १४ औ शब्तादिमा राजा जयस्थिति मल्लले इन्डियाबाट ५ जना ब्राह्मणहरु झिकाई उनीहरुको सल्लाह बमोजिम मनुस्मृति कुट पेस्ट गरि नेपालको पहिलो कानून मानव न्याय शास्त्र लादेर नेवार समुदायलाई ४ जात ३६ वर्ण विभाजन गरेको थियो |

हामी नेपालको जनतालाई भेडा र मानसिक रुपमा दाशी बनाउने र ४ जात ३६ वर्णमा विभाजन गर्ने काम राजा जयस्थिति मल्लले १४ औ सब्तादिमा लिखित नियम कानून "मानव न्याय शास्त्र" र "जयस्थिति मल्लको सुधार" जुन ५ जना इन्डियाको ब्राह्मणहरु: कीर्तिनाथ उपाध्याय कन्याकुब्जा, रघुनाथ झा मैथिली, रामनाथ झा, दक्षिण श्रीनाथ भट्ट र महिनाथ भट्टको सहयोगमा लेखिएका थिए, जसमा प्राचिन भारतको माहा ऋषि मनुले करिब आज भन्दा २१०० वर्ष अघि लेखेको नियम/कानून, "मनुस्मृति" मा उल्लेखित सम्पूर्ण नियमहरु कट र पेस्ट गरिएको छ, त्यस अनुसार ४ बर्ण भनेको ब्राह्मण, क्षेत्रिय, वैश्य, शुद्र हुन् र ३६ जात भनेको तत्कालिन काठमाडौँको नेवार समुदायलाई ३६ उपजातहरुमा बिभाजन गरेका हुन् |

सोहि अनुसार नेवार समुदायको सुधार भन्ने नीति मार्फत "४ जात ३६ वर्ण" को मिठो उक्तिको सिर्जना गरी दिए ति महान पण्डित ज्युहरुले |

अनि यही राजा जयस्थिति मल्लको पालामा लेखिएको नियम कानून अध्धयन गरि बडा महाराज पृथ्बी नारायण शाहले नेपाल अधिराज्य भरिका जनतालाई " ४ जात ३६ वर्ण" भन्ने मिठो उक्तिलाई निरन्तरता दिए हाम्रो बडा महाराज पृथ्बी नारायण शाह र जंग बहादुर राणाले मुलुकी ऎन मार्फत | जुन हाल २१ औ शब्तादीमा आएर पनि उक्त उक्ति सान्दर्भिक ठानी फलाक्ने गर्छौ हामी कुरै नबुझी |

बडा महाराज पृथ्बी नारायण शाहको व्दिया उपदेशमा पनि पुन उल्लेख गरिएको छ ४ जात भन्नाले ब्राह्मण, खस/क्षेत्री, ठकुरी र मगर हो |

यूरोपको भ्रमण पश्च्यात जंग भाहादुर राणाले सन् १८५४ मा लेखेको नेपालको कानून, मुलुकी ऐनमा पुन नेपालका मानिसहरुलाई ५ समूहमा बर्गिकरण गरेको छ छुनु हुने नहुने, चोखो नचोखो र पानी चल्ने नचल्ने आधारमा | जस अनुसार वर्गीकरण यस प्रकार छ:

क) चोखो छुन हुने जातहरु

१. "तागाधारी" (जनै लगाउने) ले खस-बाहुन, ठकुरी, छेत्री, तराईको बाहुन र राजपुत, र केहि हिन्दु ब्राह्मण नेवार जातहरु: राजोपाध्याय, भट्ट, झा |

२. नमासिने मतवाली (दासी नहुने): राई, लिम्बु, सुनुवार, मगर, गुरुङ, नेवार बुद्धिस्टहरु

३. मासिने मतवाली (दासी हुने): थारु, चेपांग, कुमाल, शेर्पा, हायू, भोटे (तामांग), घर्ति

ख) चोखो नभएको/ छुन नहुने जातहरु

४. पानी नचल्ने तर छुन हुने जात: नेवार समुदायको जोगी, कसाई, खड्गी, मुस्लिम र यूरोपियनहरु

५. पानी नचल्ने, छुनु नहुने जात:
- पहाडको कामी, सार्की, दमाई, बादी, गाइने, आदि |
- तराईको धोबी, हलखोर, चमार, दुशाद, डोम, मुसहर, आदि |
- नेवारको कुलु, पोडे, च्यामे |

मन मस्तिष्क भ्रस्ट र दाश मानसिकताको भए पछि मानिसहरुको व्यवहार पनि भ्रस्ट र दशी हुन्छन भन्ने प्रमाण हाम्रो राष्ट्रले विश्वमा प्रमाणित गरिदियो जब विश्वको १७६ राष्ट्रहरु मध्ये १३९ भ्रस्ट राष्ट्र र चौथो भ्रस्ट राष्ट्र दक्षिण एसियामा भनि सुचिकृत गरे ट्रान्सप्यरेन्सि इन्टरनेसनलको २०१२ को प्रतिवेदनले |

साथै "द ग्लोबल स्लेबरी इन्डेक्स २०१३" ले नेपाललाई पाचौ आधुनिक दाश दशी भएको राष्ट्र भनी सुचिकृत गरिदिएको छ १६५ राष्ट्रहरुको अवस्थालाई तुलनात्मक विश्लेषण गर्दा |

2 comments:

  1. राम्रो छ िदिद, यसका िनराकरणका उपायहरुपनी समेिट लेख तयार भएका भए अझै सुन्दर हुने िथयो।

    ReplyDelete
  2. Thank you for your suggestions dear brother. Solution is so simple but hard to do it since we each and everyone has to learn to change and challenge our own thinking process becoming aware what is governing our thought process. We've to learn to think out of box without being emotional and sentimental for the sake of humanity and prosperity of everyone because we are what we think and what we believe as William James, the Father of psychology of USA, Buddha and Einstein said we can't solve problems with the level of thinking and consciousness when we created it.

    ReplyDelete